अवकाश भुक्तानीहरु र करमा त्यसको प्रभाव

7/24/20261 min read

“अवकाश योगदान रकम” भनेको के हो ?

आयकर ऐन, २०५८ को दफा २ को उपदफा ६ अनुसार “अवकाश योगदान रकम” भन्नाले अवकाश भुक्तानीको व्यवस्था वा सोको भविष्यमा गरिने व्यवस्थाको लागि अवकाश कोषमा गरिएको भुक्तानी सम्झनु पर्छ । “अवकाश कोष” भन्नाले निकायको हिताधिकारी प्राकृतिक व्यक्ति वा निजको आश्रितलाई कोषबाट अवकाश भुक्तानी प्रदान गर्ने प्रयोजनको लागि अवकाश योगदान रकम स्वीकार गर्ने र सो रकम लगानी गर्ने उद्देश्यले मात्र स्थापना भएको निकाय सम्झनु पर्छ ।

क) योगदानमा आधारित अवकाष कोष सम्बन्धी व्यवस्था (Contributory Retirement Benefits Provisions)

१. के अवकाश कोषमा दाखिला भएको रकम शतप्रतिशत आयबाट घटाई दाबी गर्न सकिन्छ ?

आयकर ऐनको दफा ६३(२) अनुसार प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा स्वीकृत अवकाश कोषमा गरेको अवकाश योगदान आयबाट आयकर नियमावली २०५९ को नियम २१ बमोजिम उल्लेख भएको सीमाभित्र रही दाबी गर्न सकिन्छ । तर स्वीकृति प्राप्त नगरेका अवकाश कोषमा गरेको योगदान भने आयवाट घटाई दाबी पाउन योग्य हुंदैन । स्वीकृत अवकाश कोषमा नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, संचय कोष र विभागबाट स्वीकृत लिएर स्थापना भएका अन्य अवकाश कोषहरु पर्दछ । आयकर नियमावली २०५९ को नियम २१ बमोजिम निम्न रकमहरु मध्ये जुन घटी हुन्छ सो रकम हिताधिकारी प्राकृतिक व्यक्तिले आफ्नो आयबाट घटाई दाबी गर्न सकिन्छस्

  • अवकाश कोषमा योगदान गरेको रकम,

  • आफ्नो निर्धारणयोग्य आयको एक तिहाइ,

  • रु.५ लाख

२. प्रत्येक महिना कम्पनीले कोषबापत कर्मचारीको तलबबाट कट्टी गरिएको रकम कहिले जम्मा गर्नुपर्ने हो ?

➢ आयकर नियमावलीको नियम २० बमोजिम अवकाश योगदान रकम आषाढ महिनामा खर्च लेखेको भए खर्च लेखेको एक महिनाभित्र र अन्य महिनाको हकमा खर्च लेखेको पन्ध्र दिनभित्र अवकाश कोषमा जम्मा गर्नुपर्ने गरिसक्नु पर्ने व्यवस्था छ ।

३. समयमै कोष कट्टी बापतको रकम जम्मा नगर्दा के हुन्छ ?

➢ कम्पनीको हकमा तोकिएको समयमा जम्मा नगर्दा कम्पनीले लेखाड्ढन गरेको खर्च अमान्य हुने जोखिम रहन्छ ।

➢ कम्पनीले समयमै कोषबापतको रकम कर्मचारीको कोष खातामा जम्मा नगरिदिँदा सो कोषबापत आउने ब्याज सो अवधिको लागि नआउने हुँदा वित्तीय क्षति ब्यहोर्नुपर्ने हुन्छ ।

उक्त व्यवस्था र सोको असर सम्बन्धमा तलको उदाहरणमा थप स्पष्ट पारिएको छ ।

मानौं, हिमाल प्रसाद मासिक पारिश्रमिक पाउने गरी कस्मिक व्यापार प्रा. लि.मा कार्यरत रहेछन् । निजले कस्मिक व्यापार प्रा. लि.बाट निम्नानुसारको तलव सुविधा प्राप्त गरेको रहेछ ।

मासिक तलव रु २५०,०००स मासिक भत्ता रु ५०,०००स दशै खर्च २५०,०००

कस्मिक व्यापार प्रा. लि.ले श्रम ऐन, २०७४ को दफा ५२ बमोजिम निजको तलबबाट १० प्रतिशत (रु २५,०००) कट्टा गरी सोही रकम बरावर थप गरी मासिक रु ५०,००० कोष कट्टी गर्ने गरेको रहेछ । यद्यपि संस्थाले सो कोष बापतको रकम कर्मचारीको अवकाष कोष खातामा जम्मा नगरी आफ्नै खातामा राख्ने गरेको रहेछ । यस अवस्थामा कर्मचारीको करयोग्य आय गणणामा देहायबमोजिम असर पर्न जाने देखिन्छ ।

कानुनी प्रावधानको विश्लेषण स्

  • आयकर ऐन २०५८ बमोजिम कुनै पनि कर्मचारीले प्राप्त गरेको रकम, छुट,सहुलियतको आधारमा कर गणणा गरिने भनेकाले यस परिस्थितीमा आयकर नियमावलीले नै सम्बन्धित संचयकोष बापतको रकम जम्मा गर्ने समयावधि तोकिदिएकोले संचयकोष बापतको रकम कर्मचारीको संचय कोषमा जम्मा नभएको कारणबाट कर्मचारीको आय गणणामा सो रकम समावेश नगर्ने कानुनी आधार देखिदैँन् । माथिको उदाहरणमा योगदानमा आधारित अवकाष कोष भएको ( ऋयलतचष्दगतयचथ च्भतष्चझभलत क्अजझभ ) र भुक्तानीमा भएको ढिलासुस्तीको कारणबाट कर्मचारीको करयोग्य आय होइन् भन्ने आधार नभएको पाइयो र सोही बमोजिम निम्नानुसार कर गणणा गरिएको छ ः

*करको गणना गर्दा आर्थिक वर्ष २०८२।८३ को लागि लागु हुने करको दर प्रयोग गरिएको छ । साथै कर गणणाको लागि आधार नबनाइएका अन्य अवस्थाहरु यथावत छन् ।

माथिको उदाहरणमा कम्पनीले समयमै संचयकोष खातामा रकम जम्मा नगर्दा कर्मचारीले रु १३८,००० बढी कर दायित्व भुक्तान गर्नुपर्ने अवस्था आएको देखिन्छ । साथै कर्मचारी संचय कोषबाट प्राप्त हुने व्याज समेत गरी कर्मचारीलाई सारभूत वित्तीय भार पर्न गएको देखिन्छ । साथै कम्पनीले पनि आयकर नियमावली २०५९ को नियम २१ ले तोकेको समयावधिभित्र अवकास कोषमा रकम जम्मा नगरि दिए वापत कोष कट्टी वापत लेखाड्ढन भएको रु ३००,००० खर्च अमान्य भई रु ७५,००० ( ३००,००० ८ २५% ) कर दायित्व थपिने जोखिम रहन्छ ।

यसर्थ, कर्मचारीको संचय कोष वापतको रकम समयमै स्वीकृत प्राप्त अवकाष कोषमा जम्मा गरिदिनुहुन लक्षित सबैमा सुझाव दिइन्छ ।

ख) योगदानरहितमा अवकाष कोष सम्बन्धी व्यवस्था (Non-Contributory Retirement Benefits Provisions)

नोट १ ः कर दायित्व गणणा सम्बन्धमा

कम्पनीले सामाजिक सुरक्षा कोषमा नभई कर्मचारी संचय कोषमा योगदान नगरेको मानी निम्नानुसार कर दायित्व गणना गरिएको छ ः